Aadarsh-Daily

३६ करोड ७६ लाख राजस्व वीरगञ्ज महानगरले नौ महिनामा उठायो

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख ९९८ रुपैयाँ राजस्व संकलन गरेको छ।

content ad p2
content left

महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा१२ करोड ७० लाख ४३ हजार ७८२ रुपैयाँ संकलन भएको छ। महानगरले दोस्रो धेरै घरबहाल करबाट चार करोड ५५ लाख ७५ हजार ८६७ उठेको छ। महानगरले २४ वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा दुई करोड ९५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको बताए। ‘गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व संकलनमा सुधार देखिएको छ”, उनले भने। गत आवको नौ महिनामा भने ३३ करोड ८० लाख ५४ हजार ३६० रुपैयाँ राजस्व संकलन भएको थियो।
वीरगञ्ज महानगरले गत आवभरिमा भने रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व संकलन गरेको थियो। त्यसैगरी महानगरले आव २०७८/७९ मा भने रु ५१ करोड २२ लाख २४ हजार ४९० रुपैयाँ राजस्व संकलन गर्‍यो।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए। ‘नेपालको संविधानमा नै घरबहाल कर स्थानीय तहले संकलन गर्ने भनिएको छ’, उनले भने, ‘ठूला उद्योगले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा स्थानीय सरकारको राजस्वमा केही कमी आएको छ। त्यसैले घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्दछु।’

महानगरले चालु आव २०८०/८१ को लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो। विनियोजित बजेटमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार रुपैयाँ र पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ छुट्याइएको थियो। महानगरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily