Aadarsh-Daily

निशाकाे मृत्यु संकास्पद, प्रहरीले आराेपितलाई पक्राउ गरी अनुसन्धान नगरेकाे गुनासाे

ad-4p

पर्सा । श्रीमानकाे कुटपिटका कारण आफ्नाे छाेरीकाे मृत्यु भएकाे पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. २ सखुवा जमुनियाका हिरालाल साहले आराेप लगाएका छन् । उनले आफ्नाे कान्छि छाेरी २४ बर्षिय निशा भन्ने बसन्ती कुमारीलाई उनका श्रीमान बहुदरमाई नगरपालिकाकाे वडा नं. ३ नगरदाहाका २५ बर्षिय ईनरजित साह गाेढ र इन्द्रजितका बाजे ६० बर्षिय मंसि साहले गरेकाे कुटपिटका कारण मृत्यु भएकाे भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् ।

content ad p2
content left

उजरी दिएकाे तीन दिन वितिसक्दा पनि प्रहरीले आराेपितलाई पक्राउ गरी कारवाही पक्रिया अघि नबढाएकाे उनले गुनासाे गरेका छन् । ३ महिनाको गर्भवती निशाकाे ज्यान जान सक्ने गरी नियतपुर्वक लात र मुक्का समेतले छोरीको पेटमा प्रहार गर्दा लागेको चोटपिडाको कारण नयाँ बर्षकाे दिन मृत्यु भएको पिडित परिवाजनकाे आराेप छ । आफुहरु घटना भएकै दिन प्रहरीमा उजरी दिएपनि आराेपतिलाई प्रहरीले पक्राउ नगरी अनुसन्धान नगरेकाे मंगलबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै पिडित परिवारले गुनासाे गरेकाे हाे ।

विहेको चार बर्षपनि नबित्दै नीशाको उनका पति र उनका परिवारका सदस्यले मिलेर नयाँ बर्ष कै दिन निर्घात कुटपिट गरी हत्या गरेको पत्रकार सम्मेलनमा नीशाकी आमा चन्द्रावती देवीले आरोप लगाइन् । उनले भनिन्,‘ विहे भएको १ बर्ष यतादेखि नै ज्वाँई र उनका परिवारले नीशालाई कुटपिट गर्दै यातना दिदैं आएका थिए । ज्वाँई अर्कै केटीसंग सल्किएको थियो । त्यहिभएर छुटकारा पाउन शनिबार मेरी छोरीलाई उनिहरुले कुटी कुटी मारिदिए।’आमा चन्द्रावतीका अनुसार, नीशा तीन महिनाको गर्भवती थिइन् । स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउन नीशाले आफना पति मुन्नालाई भन्दा पैसा छैन भन्ने बहाना बनाएर उल्टै यतना दिएको दुखेसो गत शनिबार बिहान ७ बजेतिर फोन गरेर आमा चन्द्रावतीलाई सुनाएकी थिइन् ।

निशाकाे बैशाख १ गते नै उपचारकाे लागि वीरगंज लग्ने क्रममा बाटाेमा मृत्यु भएकाे थियाे । मृतककाे पाेष्टमार्टम साेही दिन वीरगंजस्थित नारायणी अस्पतालमा गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । पाेष्टमार्टम रिपाेर्ट आएपछि मात्र घटना बारे केही भन्न सकिने उनले वताए । मृतकका श्रीमान् आराेपित इन्द्रजितले अचानक पेट दुखेर बेहाेस भएकी निशालाई उपचारकाे लागि अस्पताल लग्ने क्रममा मृत्यु भएकाे वताए । आफुले वा आफ्नाे परिवारकाे काेई पनि सदस्यले निशालाई कुटपिट नगरेकाे इन्द्रजितकाे भनाई छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily