Aadarsh-Daily

वनमन्त्री कुर्मीले दिए राजिनामा ,मधेस सरकारबाट बाहिरियो लोसपा

ad-4p

वीरगन्ज : मधेस सरकारका वन मन्त्री रमेश प्रसाद कुर्मीले राजिनामा दिएका छ्न ।कुर्मीको दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि सरकारमा सहभागी लोसपाका मन्त्री कुर्मीले मंगलबार मन्त्री पदबाट राजिनामा दिएका हुन् ।

content ad p2
content left

कुर्मीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजिनामा पत्रपनि बुझाएका छन् ।मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक आज प्रदेश सभाबाट बिश्वासको मत लिन लिने कार्यक्रम रहेपनि जनमत पार्टीको अवरोधका कारणले यादवले विश्वासको मत लिन पाएनन् ।

लोसपाका मधेस प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनलले मुख्यमन्त्री यादवको कार्यशैली ठिक नरहेको निष्कर्ष निकाल्दै प्रदेश सरकारलाई लोसपाले दिएको समर्थन फिर्ता लिने पार्टीमा सहमति भइसकेको जानकारी दिए ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily