Aadarsh-Daily

रौतहटको गरुडाका मेयर सहित कर्मचारी भारत भ्रमणमा,सेवाग्राही मारमा

ad-4p

रौतहट । जिल्लाको गरुडा नगरपालिकाका मेयरसहित ३० जनाको टोली भारत भ्रमणमा हिँडेपछि नगरपालिकाको दैनिक कामकाजमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो रहेको छ । मेयर कन्थमणी प्रसाद कलवार, उपप्रमुख पुनम कुमारी चौधरी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर परिषद सदस्यहरु सहितका तीन दर्जनको जम्बो टोली भ्रमण हिँडेपछि दैनिक कामकाजमा समस्या भएको गरुडाका सेवाग्राही दीनानाथ सहनीले गुनासो गरे । जनप्रतिनिधिहरु नै नगरपालिका र वडा कार्यालयमा नभएपछि सेवा प्रवाहमा समस्या भएको उनको भनाई रहेको छ । रोचक कुरा त के छ भने सो नगरपालिकाका मेयर बिरुद्ध आन्दोलनमा उत्रेकी उप मेयर समेत समेत हिसाव किताव मिलेपछि मेयर संगै धार्मिक भ्रमणमा निस्केकी हुन । उप मेयर पुनम कुमारी चौकरीले मेयरले नगरपालिकाको रकम हिनामिना गरेको भन्दै केही समय पहिला नगरपालिकाको मुल गेटमा ताला लगाएर धर्नामा बसेकी थिईन ।

content ad p2
content left

अहिले नगरपालिकाका सबै जनप्रतिनिधि धार्मीक भ्रमणको नाममा झोलितुम्बा बोकेर भारत तिर लागेपछि अहिले गरुडा नगरपालिकाको कार्यालय सुनशान देखिएको छ । यहाँका जनप्रतिनिधि र कर्मचारी भ्रमणका लागि जिल्ला बाहिर मात्र नभई छिमेकी मुलुक भारतमा पुगेका छन् । उनीहरु तिर्थयात्रा भनि भारतको हरीद्धार , अयोध्या लगायतका ठाउमा तिर्थ भ्रमणमा पुग्ने योजना रहेको भ्रमण दलका एक सदस्यले बताए । नगरपालिकाका जनप्रतिनिधि सहित कर्मचारी र सदस्यहरुको टोली भ्रमणमा गएको हो । टोली नै एकैपटक भ्रमणमा निस्किएपछि नगरपालिकाको दैनिक काम प्रभावित भएको छ । नगरपालिकामा विभिन्न कामले आउने सेवाग्राही यतीबेला नगरपालिकाबाट रित्तो हात फर्कन बाध्य भएकाछन् ।

जनप्रतिनिधि नभएपछि नगरपालिकाको प्रबिधिक, स्वास्थ्य, कृषि, पशु, सामाजिक सुरक्षा, महिला विकास लगायत शाखाका कर्मचारीहरु समेत मोबाईल चलाएर दिन बिताउदै देखिन्छन् । अहिले नगर प्रमुख कलवार सहितका टोली भारत पुगेका छन् । गरुडा नगरपालिका प्रमुख कन्थमण्ी कलवार सहित नगरको टोली भारतको बिभिन्न धार्मिक तिर्थस्थल भ्रमणका लागि ६ लाख खर्च गरेर भारतको अयोध्यासम्म पुग्न लागेको स्रोतको भनाई रहेको छ । राम नवमी पर्ब परेर नगरप्रमुख कलवारले कार्यपलिकाका असन्तुष्ट पक्षलाई तिर्थस्थलको भ्रमण गराएर खुशी पार्न खोजेको आरोप स्थानियको रहेको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily