Aadarsh-Daily

जलिरहेको अवस्थामा युवती र बालिकाको शव बरामद

ad-4p

वीरगञ्ज । जनकपुरधाम उपमहानगरपालिका – १६ पुल चोकको रेल्वे लिक नजिकै रहेको पोखरीको डिलमा एक युवति र बालिका जलिरहेको अवस्थामा मृत फेला परेका छन् ।

content ad p2

युवति र बालिका जलिरहेको अवस्थामा देखेपछि स्थानीयले बुधवार राति करिब ९ बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दासम्म युवति र बालिकाको मृत्यु भइसकेको थियो ।

content left

राति नै दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगियो ।
मृतक युवती महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीय प्रियङ्का महतो रहेको धनुषाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

उनका अनुसार जलेर मृत्यु भएकी बालिका करिब ८/९ महिनाकी छन् । उनी मृतक युवतीकै छोरी रहेको अनुमान छ । तर पुष्टि भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

डिएसपी अवाले भने, ‘मृतक युवतिको आफन्तलाई जानकारी गराएका छौँ । उहाँहरू अहिले आइसकेका छैन । आएपछि घटनाबारे थप कुरा खुल्छ ।’

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily