Aadarsh-Daily

वीरगन्जको रानीघाटमा २१ औं पटक आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले गरे रगत दान

ad-4p

वीरगन्ज । वीरगन्जको रानीघाटमा शनिबार दुर्गापूजा सेवा समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४६ जनाले रगत दान गरेका छन् । नयाँ बर्षको उपलक्ष्यमा दुर्गापूजा सेवा समितिले २१ औं पटक शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको र कार्यक्रममा ४६ जनाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

content ad p2
content left

रगत दान गर्नेहरुमा शतिषसिंह राजपूत, डाक्टर वासु कर्ण, नीरज गुप्ता,निरन्जन कानु, प्रमोद गुप्ता,राज सर्राफ,श्याम गुप्ता,राहुल ओझैया,मनिष सर्राफ,चन्दन सिंह, प्रिन्स कलवार,मुन्ना पटेल,विजय राम,सरोज गुप्ता, नुरुल होदा लगायतका रहेका छन् ।

दुर्गा पुजा सेवा समितिका अध्यक्ष शतीष सिंह राजपूतको अध्यक्षता तथा समितिका संस्थापक अध्यक्ष अजय पौडेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा गोपाल प्रसाद रौनियार,राजु गुप्ता, छोटेलाल सर्राफ लगायतको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily