Aadarsh-Daily

निदरल्यान्डबाट आएका भोजपुरी गायकलाई बिरगंजमा सम्मान

ad-4p

बिरगंज । निदरल्यान्डबाट नेपाल भ्रमणमा आएका भोजपुरी गायकलाई नेपाल भोजपुरी समाज बिरगंजले सम्मान गरेको छ । निदरल्यान्डका भोजपुरी गायक राजमोहन र कृष्ण मानव डी मेंनोलाई बिरगंजको पुजन होटेलमा एक कार्यक्रमका बिच भोजपुरी समाज नेपाल पर्साका अध्यक्ष धुब्र सिंह ठकुरीसहितको टोलीले गँम्छा , फुलको माला लगाई सम्मान गरेको छ ।

content ad p2
content left

हाम्रो मातृ भाषा भोजपुरीलाई निदरल्यान्डमा गीत संगितको माध्यमले चिनाउने गायकार राजमोहन र कृष्ण मानव डी मेंनोलाई सम्मान गरिएको अध्यक्ष ठकुरीले बताए । निदरल्यान्डमा संन १९०० भन्दा पहिला नेपालबाट निदरल्यान्ड गएका ९० परिवार बारे जानकारी लिन साथै भोजपुरी भाषा बारे थप ज्ञान लिन उहाँहरु नेपाल आएको नेपाल भोजपुरी समाज पर्साका उपाध्यक्ष रितुराज पटेलले बताए ।

सम्मान कार्यक्रममा भोजपुरीया उडानका अध्यक्ष आमोद प्रसाद गुप्ता , अस्मिता पटेल , भोजपुरी समाजका अजमत अली , साबिर हूसैन , प्रिया मिश्रा , शिव संदेश , अशोक कुशवाहा , मनोज कुमार मिश्रा लगायतको उपस्तिथी रहेको थियो ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily