Aadarsh-Daily

बेंग्लोरका कप्तानलाई १२ लाख भारु र पन्जाबका कप्तानलाई ’म्याच फी’ को ५० प्रतिशत जरिबाना

ad-4p

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान फाफ डु प्लेसिस र पन्जाब किंग्सका कप्तान साम करनलाई जरिबाना भएको छ । आईपीएलको आचारसंहिता उल्लंघनन गरेपछि बेंग्लोर र पन्जाबका कप्तान कारबाहीमा परेका हुन् । आइतबार रातिको खेलमा कोलकाता नाइट राइडर्ससँग ‘स्लो ओभर–रेट’ अर्थात ढिलो गरी खेलेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बेंग्लोरका कप्तान फाफ डु प्लेसिसलाई १२ लाख भारु जरिबाना तिराएको हो ।

content ad p2
content left

इडेन गार्डेन्समा भएको उक्त खेलमा बेंग्लोर कोलकातासँग १ रनले पराजित भएको थियो । कोलकाता ७ खेलमा १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने १ खेल बढी खेलेको बेंग्लोर २ अंकसहित पुछारमा छ । यसअघि बीसीसीआईले ‘स्लो ओभर–रेट’ मा गुजरात टाइटन्सका कप्तान शुभमन गिल, दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई जरिबाना गरिसकेको छ ।

यस्तै बीसीसीआईले पन्जाबका कप्तान साम करनलाई गुजरात टाइटन्ससँगको खेलमा अम्पायरको निर्णयमा असहमति जनाएको भन्दै ‘म्याच फी’ को ५० प्रतिशत जरिबाना गरेको छ ।उक्त खेलमा पन्जाब गुजरातसँग ३ विकेटले पराजित भएको थियो । गुजरात ८ खेलमा ८ अंकसहित तालिकाको छैटौँ स्थानमा छ भने पन्जाब उति नै खेलमा ४ अंकसहित नवौँ स्थानमा छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily