Aadarsh-Daily

सुनको मूल्य २ हजारले बढ्यो

ad-4p

वीरगञ्ज । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

content ad p2
content left

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २००० ले बढेर १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधवार छापावाल सुन तोलाको एक लाख ३४ हजार ५०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३३ हजार ८५० मा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधवार चाँदी तोलाको १६ सय ३० मा कारोबार भएको थियो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily