Aadarsh-Daily

महोत्तरीबाट १०७ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ

ad-4p

वीरगन्ज । महोत्तरीबाट १ सय ७ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका १ का २१ वर्षीय चन्दन यादव रहेको प्रहरीले जनाएको छ ।

content ad p2
content left

आज दिउँसो औरही नगरपालिका ८ टिम्कियाबाट बी.आर.३० ए.एच.२३८८ को भारतीय नम्बरप्लेटको कारलाई रोकेर चेकजाँचको क्रममा उक्त परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मराज मुडभरीले जानकारी दिए ।

उनका अनुसार कारको डिकीमा लुकाएर लैजाँदै गरेको अवस्थामा २० वटा पोकामा रहेको १०७ किलो ४८५ ग्राम गाँजा बरामद भएको हो । गाँजासहित कार र चालक यादवलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily