Aadarsh-Daily

सहकारी पीडितलाई तत्काल ५ लाखसम्म बचत फिर्ता गराउने वर्षमान पुनको प्रतिबद्धता

ad-4p

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए ।

content ad p2
content left

यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने उनको भनाइ छ । ‘सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले यो क्षेत्र बदनाम भएको छ,’ उनले भने, ‘सहकारी सानो सानो पूँजी र शक्तिलाई एकीकृत गरेर ठूलो पूँजी, शक्ति बनाउने माध्यम हो ।’

आम सहकारीका बचतकर्ता चिन्तित हुनुनपर्ने उनले बताए । समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि उनले बताए । बजेटमा सहकारीको नियामक गठन गर्ने विषय पनि समेटिएको उनले बताए ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily