Aadarsh-Daily

बिहानको पठनपाठन साढे १० बजेभित्र सक्न वीरगञ्ज महानगरको निर्देशन

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले बिहान साढे १० बजेभित्रै पठनपाठन सक्न निर्देशन दिएको छ । वीरगञ्ज महानगरपालिकाले आइतवार एक सूचना जारी गर्दै यही जेठ २८ गतेदेखि बिहान साढे १० बजेसम्म पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

content ad p2
content left

वीरगञ्ज महानगर मातहतका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई महानगरपालिकाले निर्देशन दिएको हो । वीरगञ्जसहित समग्र तराई क्षेत्रमा गर्मी बढीरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बिहानी कक्षामा पठनपाठन सञ्चलन गर्न निर्देशन दिएको हो ।

‘बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम गरी हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने समयावधि व्यवस्था गर्न अनुरोध छ’, महानगरका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराईद्वारा जारी सूचनामा भनिएको छ ।

अर्काे सूचना नभएसम्मका लागि यही जेठ २८ गतेदेखि साढे १० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्ने निर्णय महानगरपालिकाले गरेको हो ।

सम्बन्धित खबर

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily