Aadarsh-Daily

वीरगन्जको लक्ष्मणवामा हावाहुरीले घर भत्किएर घाइते बालकको उपचारका लागि आर्थिक सहयोग गरिदिन बुबाको अपिल

ad-4p
content left

वीरगन्ज । गत बुधबारराति आएको विनाशकारी हावाहुरीले छिमेकीको घर सुतिरहेकै ओछ्रयानमा खसेर गम्भीर घाइते भएका वीरगन्ज–१५ लक्ष्मणवाका ६ वर्षीय बालक नितेश यादवको उपचारमा आर्थिक सहयोग गरिदिन उनका बुबा विष्णुदेव यादवले सार्वजनिक अपिल गरेका छन् । गत बुधबार सुतिरहेको समयमा राति १ बजेतिर आएको विनाशकारी हावाहुरीले छिमेकीको घरको पर्खाल यादवको जस्ताको छाना भएको घरमाथि खस्दा नितेश गम्भीर घाइते भएका हुन् । टाउकोमा गम्भीर चोट लागेर अचेत भएका नितेशको ५ दिनदेखि बाराको नौतनस्थित एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

content ad p2

गम्भीर अवस्थामा उपचाररत नितेशका बुबाको आर्थिक अवस्था निक्कै कमजोर रहेकाले उपचारमा समस्या भइरहेकोले आर्थिक सहयोगका लागि उनका बुवा यादवले आग्रह गरेका हुन्। सामाजिक सञ्जालमा अस्पतालमा उपचाररत छोरा नीतेशको तस्बिर नै राखेर बुवा यादवले लेखेका छन् ,‘ हजुरहरुको सानो सहयोगले मेरो छोराको ज्यान बचाउन सकन्छि ।’ उनले आफनो मोबाइल नम्बर ९८४५२५६६२४ वा ९८०७२६७३९४ संगै कुमारी बैंकको क्यू आर कोडपनि सार्वजनिक गरेका छन् ।

यसअघि गत बिहीबार बिहानै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अस्पतालमा पुगेर घाइते नितेशको अवस्थाको जानकारी लिदैं महानगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily