Aadarsh-Daily

वीरगंज पानीटंकीस्थित एक माेटरसाइक पाटपुर्जा गाेदाममा प्रहरीकाे छापा

ad-4p

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकीस्थित एक माेटरसाइकलकाे पाटपुर्जा राखिएकाे गाेदाममा प्रहरीले छापामारी गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम शाखाका इन्चार्ज प्रहरी निरिक्षक दावा तेन्जीङ शेर्पा नेतृत्वकाे सिबिर ड्रेसकाे प्रहरी टाेलीले पानीटंकीस्थित मुकेश राैनियारकाे घरमा भाडा लिएर अजय गुप्ताले संचालन गरेकाे गाेदाममा छापामारी गरेकाे हाे ।

content ad p2
content left

विशेष सुचनाकाे आधारमा साेमबार दिउसाे पुगेकाे शेर्पा नेतृत्वकाे प्रहरी टाेलीले उक्त गाेदामबाट रु १० लाख बराबरकाे भन्सार छलिकाे माेटरसाइकलकाे विभिन्न पार्टपुर्जाहरु बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

पानीटंकीस्थित नै रहेकाे एक माेटरसाइकल पाटपुर्जा बिक्री गर्ने पसलकाे गाेदाम रहेकाे छ । तर उक्त पसलकाे नाम खुल्न नसकेकाे प्रहरीकाे भनाई छ । गाेदामका संचाल र पसलकाे बारेमा अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक शेर्पाले वताए ।

प्रहरी गाेदाममा पुगेपछि गाेदाम संचालक सम्पर्क विहिन भएका थिए । प्रहरीका अनुसार आफुहरु गाेदाममा पुग्दा माेटरसाइककाे पाटपुर्जा राखिएकाे काेठा खुल्ला थियाे । तर मान्छे काेही थिएन । खाेजतलाश गर्दा पनि काेही सम्पर्कमा आएनन् ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily