Aadarsh-Daily

जसपा नेपाल प्रथम महाधिवेशन:नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास जारी

ad-4p

जनता समाजवादी पार्टी(जसपा) नेपालको प्रथम महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास थालिएको छ ।

content ad p2

२ सय १ सदस्यीय केन्द्रीय समितिमा १७ जना पदाधिकारी रहने छन् । हाल जसपा नेपालको कार्यकारिणी समितिमा ८ जना मात्र रहेका छन् । अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत हुने निश्चित भइसकेको छ ।

content left
सहअध्यक्षका लागि राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोंग प्रयासरत छन् ।

उपाध्यक्षमा निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादव, हरिनारायण यादवलगायतका प्रतिस्पर्धी छन् । कलस्टर समेतको ५ जना उपाध्यक्ष रहने छन् ।

महामन्त्रीमा मनिष सुमन, विजय यादव, प्रकाश अधिकारीलगायतले दाबी गरेका छन् । २ जना महामन्त्री रहने छन् । कोषाध्यक्षमा पनि केही प्रत्याशीहरु देखिएका छन् । बन्द सत्रपछि नेतृत्व चयनको प्रकृया थालिने छ ।

पदाधिकारीहरुमा सहमति जुटाउन सहज भए पनि केन्द्रीय सदस्यमा सहमति गर्न चुनौती नै छ । पार्टीको विधान अनुसार बिभिन्न कलस्टरहरुबाट पदाधिकारी र सदस्यरु चयन गरिने छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily