Aadarsh-Daily

रौतहटमा एकै दिन दुइ युवकको शव बारामद

ad-4p

राैतहट । रौतहट जिल्लाको गौर नगरपालिका वार्ड न.४ टिकुलिया स्थित केराघारीमा हत्या गरी फालिएको अवस्थामा एक युवकको शब फेला परेको छ । हत्या गरी एक युवकको लाश फालिएको भनि प्राप्त भएको सुचनाको आधारमा गएको प्रहरीको टोलीले उक्त युवकको शब बारामद गरेको हो। हत्या गरिएको अवस्थामा बारामद भएको युवकको शब स्थानीय टिकुलिया निवासी शुभनारायण सहनीको २० बर्सिय छोरा रोहित सहनीको रुपमा पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरिले जानकारी दिएका छन्।

content ad p2
content left

निर्मम तरिकाले कुटपिट गरि हत्या गरेर फालेको अवस्थामा बारामद भएको युवकको शबको बारेमा थप अनुसन्धान भई रहेको र शब परिक्षणको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरी नायब उपरिक्षक गिरीले जनाएको हो।त्यसै गरी राजदेवी नगरपालिका वडा नम्बर ५ स्थित बागमती नदीमा पहिचान नखुलेको अवस्थामा एक युवकको शब फेला परेको छ।

बागमती नदीमा तैरिदै गरेको अवस्थामा फेला परेको युवकको पहिचान हुन नसकेको र शब परिक्षणको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस अघि रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ स्थित हुलाकी राजमार्ग सडक खण्ड नजिक हत्या गरिएको अवस्थामा एक भारतीय नागरिकको शब फेला परेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily