Aadarsh-Daily

असार ८ देखि १० गतेसम्म तीन दिनसम्म वीरगञ्ज महानगरपालिकाको नगरसभा हुने

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नगरसभा असार ८ देखि १० गतेसम्म तीन दिनसम्म हुने भएको छ। मङ्गलवार बसेको कार्यपालिका बैठकले नगरसभा उक्त मितिमा गर्ने निर्णय गरेको हो। नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरूको तीन सूत्रीय माग सम्बोधन भएपछि नगरसभाको मिति तोक्न सहमति भएको एकजना वडाध्यक्षले बताएका छन्।

content ad p2
content left

बैठकमा वडाध्यक्षहरूले यसअघि उठाएका तीन सूत्रीय मागमध्ये वडाको बजेट वृद्धि गर्ने विषयमा ३८ प्रतिशतले वृद्धि गर्ने सहमति भएको छ। यसैगरी, वडाध्यक्षहरूले वडाको बजेट वडाबाट खर्च गर्न पाउनुपर्ने मागलाई सम्बोधन गर्न महालेखापरीक्षकलाई लेखी पठाएर स्वीकृति लिने निर्णय पनि गरिएको छ।

सरसफाइको सन्दर्भमा भने असार मसान्तसम्म यथास्थितिमा राखिने र त्यसपछि निर्णय गरिने बताइएको छ। वडाध्यक्षहरूले वडास्तरको सफाइ वडापालिकाको कार्यालयबाट गरिनुपर्ने र त्यसका लागि पाँचजना सफाइकर्मी र एकजना ट्याक्टर चालकको व्यवस्था गर्नुपर्ने माग राखेका थिए।

बैठकले यथार्थपरक बजेट ल्याउने निर्णय पनि गरेको छ। आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट एक अर्ब ८४ करोडभित्र हुने अनुमान गरिएको छ। यो नगरसभाले वीरगञ्ज महानगरपालिकाको विकासका विभिन्न महत्वपूर्ण योजनाहरूलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily