Aadarsh-Daily

मधेश प्रदेशको बजेट जनमुखी रहेको अर्थमन्त्री साहको दाबी

ad-4p

वीरगञ्ज । मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले समग्रमा बजेट जनमुखी रहेको दाबी गरेका छन्। बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हतारमा ल्याइएको बजेटमा केही त्रुटि देखिए पनि बजेट जनमुखी रहेको बताएका हुन्।

content ad p2

अर्थमन्त्री साहले बजेटमा हरेक क्षेत्र र व्यवसायीलाई राहत मिल्ने गरी विभिन्न शीर्षकअनुसार मैत्रीपूर्ण बजेट ल्याउने प्रयास गरेको बताए। न्यून समयमा बजेट तयारी गर्नुपर्दा सानासाना त्रुटिहरू देखिएकाले सच्याउनका लागि पत्रकार सम्मेलन आयोजना गरिएको समेत उनले स्पष्ट पारे।

content left

उनले भने, “बजेट कम समयमा ल्याउनु पर्दा हतारमा ल्याइएका कारण सानासाना कुरामा त्रुटि भएको छ। आजको पत्रकार सम्मेलनबाट ती त्रुटिहरू सच्याउने काम भएको छ।”

अर्थमन्त्री साहले न्यून बजेटका विकास निर्माणका कामहरू स्थानीय तहलाई अनुदानमा दिइने बताए। सरोकारवाला मन्त्रालय आफैले बजेट खर्च नगर्ने प्रस्ट पारे। बेटी बचाउ, बेटी पढाउ अभियानलाई थप व्यवस्थित र पारदर्शी बनाउन आवश्यक देखिएपछि कार्यक्रम स्थगित गरिएको र सो कार्यक्रमको बजेट रोकेको पनि उनले जानकारी दिए।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily