Aadarsh-Daily

पत्रकारिताको जग बलियो बनाउन महानगर सहयोग गर्न तयार छ: महानगर प्रमुख सिंह

ad-4p

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पर्सेली पत्रकारिताको जग बलियो बनाउन महानगर जहिल्यै पनि सहयोग गर्न तयार रहेको बताउनुभएको छ । हिजोदेखि सुरु भएको तीन दिने आम संचारकर्मीलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्नुहुँदै उहाँले पत्रकारको क्षमताबृद्धिका लागि सहयोग गर्न आफूहरु जहिल्यै तयार रहेको बताउनुभएको हो ।मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै उहाँले वीरगंजको पहिचान बृद्धि गर्ने गरि समाचार सामग्री पस्कन पनि सबैसँग आग्रह गर्नुभयो ।

content ad p2
content left

कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दा समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरु लागि पर्नु पर्नेमा पनि उहाँले जोड दिनुभयो । काम गर्दा त्रुटी भए सुधार गर्न आफू जहिल्यै पनि तयार रहेको भन्दै उहाँले गरेका काममा खोँचे थाप्नु भन्दा त्रुटी औंल्याएर सच्चिने बनाउन पत्रकारहरुले कलम चलाउनु उचित हुने बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोर झाले अहिले राम्रा र मेहनती पत्रकारको खाँचो रहेको बताउनुभयो ।

संचारकर्मीको काम सही बाटो देखाउने रहेको भन्दै उहाँले कहिल्यै पनि बिरोधी जसरी प्रस्तुत हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संचारकर्मीको काम बाटो देखाउने हो, बिरोधीको रुपमा प्रस्तुत हुने होइन, बरु समालोचक बन्ने हो ।’ कार्यक्रममा पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि महानगरले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा महानगरपालिकाको आम संचार प्रवद्र्धन समितिका संयोजक ध्रुब अधिकारीले पर्सेली पत्रकारितालाई मजबुत बनाउन महानगरपालिकाले ठूलो लगानी गरिरहेको बताउनुभयो । पत्रकारको क्षमता अभिबृद्धि, ज्येष्ठ पत्रकार पेन्सन योजना, पत्रकार विपत्त कोष, लोककल्याणकारी विज्ञापन वितरण तथा अन्य विभिन्न कार्यक्रम संचालन गरेर यहाँका पत्रकारहरुलाई मजबुत बनाउने काम महानगरले गरिरहेको बताउनुभएको हो । मधेस खबरका संचालक क्रान्ति साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन श्याम सर्राफले गर्नुभएको थियो भने स्वागत संचारकर्मी माधुरी महतोले गर्नु भएको थियो । मधेस खबर मल्टिमिडिया प्रा.लि.को आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रममा यहाँका विभिन्न संचारमाध्यममा कार्यरत २५ जना संचारकर्मीको सहभागिता रहेको छ ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily