Aadarsh-Daily

पोर्चुगल लगातार दोस्रो खेल जित्दै जर्मनीमा जारी युरो-२०२४ को नकआउट चरणमा प्रवेश

ad-4p

काठमाडौं । पोर्चुगल लगातार दोस्रो खेल जित्दै जर्मनीमा जारी युरो-२०२४ को नकआउट चरणमा प्रवेश गरेको छ ।  समूह एफअन्तर्गत शनिबार राति डर्टमण्डमा भएको खेलम टर्कीएलाई ३-० ले पराजित गरेपछि पोर्चुगल एक खेलअघि नै अन्तिम १६ मा पुगेको हो ।

content ad p2
content left

पोर्चुगलको जितमा बर्नार्डो शिल्भाले २१औं र ब्रुनो फर्नान्डेजले ५६औं मिनेटमा गोल गरे । टर्कीका सामेत एकाएदिनले २८औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए । यसअघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ ले पराजित गरेको थियो ।

पोर्चुगल लगातार दुई जितपछि ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा छ । दुई खेलबाट टर्की ३ अंकसहित दोस्रो स्थानमा छ ।

अब पोर्गुचलले समूहको अन्तिम खेलमा पहिलोपटक युरो खेलिरहेको जर्जियासँग खेल्नेछ । यस्तै टर्कीले अन्तिम खेलमा चेक रिपब्लिकसँग खेल्नेछ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily