Aadarsh-Daily

पर्साको पटेर्वा सुगौली गाँउपालिकाको १३ औँ गाउँ सभा सम्पन्न

ad-4p

वीरगंज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाँउपालिकाको १३ औँ गाउँ सभा ( कृषि ,शिक्षा , स्वास्थ्य, उधम , पर्यटन, वन , पूर्वाधार पटेर्वा सुगौलीको स्मृद्धिको आधार ) भन्ने मूल नाराको साथ हिजो आइतबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश चाैधरीकाे अध्यक्षतामा भएकाे गाउँ सभामा उपाध्यक्ष ममता महतो थारुले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ४९ करोड ११ लाख रुपैयाँको अनुमानित आय व्ययसहितको बजेट प्रस्तुत गरेकी थिइन ।

content ad p2
content left

गाउँपालिका अध्यक्ष दिनेश चौधरीले नीति तथा कार्यक्रममा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्र मुख्य प्राथमिकतामा राखेको बताए । सबै क्षेत्र विकास मुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष चौधरीले आवश्यक्ताका आधारमा बजेट बिनियोजन गरिएको दाबी गरे ।

गाउँ कार्यपालिकाकाे कार्यालय प्राङ्गणमा भएकाे सभामा समाजसेवी प्रमेश्वर गौराे, प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह , वडाअध्यक्ष फरमान मियाँ, माधो राउत थारु, बासु पंजियार, बिजय गैरे, बिपिन मुखिया, लेखापाल सोनु सोनी, योजना प्रमुख राजकुमार महतो, शिक्षा प्रमुख शम्भु साह, अन्य कर्मचारी, शिक्षक, स्वास्थ्य कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily