Aadarsh-Daily

बाराको परवानीपुर गाउँपालिकाले रु ३४ करोड ५७ लाख ६९ हजारको बजेट प्रस्तुत

ad-4p

बारा । बाराको परवानीपुर गाउँपालिकाको १४ औं गाउँसभा तथा आर्थिक वर्ष २०८१/८२ को नीति तथा बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार गाउँपालिकाको सभा हलमा सम्पन्न भएको गाउँसभामा आगामी आर्थिक वर्षका लागि रु ३४ करोड ५७ लाख ६९ हजारको बजेट प्रस्तुत गरिएको हो।

content ad p2

गाउँपालिकाकी उपप्रमुख सुगान्धी देवी कनुइनको आदेश अनुसार प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बजेट प्रस्तुत गरेका थिए। प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, रोजगारी लगायतका विषयहरूमा केन्द्रित रहेको जनाइएको छ।

content left

विशेषगरी, गाउँपालिकाको आफ्नै प्रशासकीय भवन २ महिना भित्र सञ्चालन गर्ने, वडा नं १ बुनियादमा रहेको क्रिकेट खेल मैदानलाई व्यवस्थित गर्ने, दलित, पिछडा वर्ग र सिमानकृत समुदायका बालबालिकाहरूको लागि दलित शिक्षा कार्यक्रम सञ्चालन गरेर शिक्षाबाट वञ्चित बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने, सिपमूलक तालिमहरू प्रदान गर्ने जनमुखी कार्यक्रमहरू बजेटमा समावेश गरिएका छन्।

गाउँसभाका सभा अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका प्रमुख कुर्मीले बजेट अनुसारका हरेक काम क्रमसः पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले गत वर्षझैं यस आर्थिक वर्ष पनि गाउँपालिकालाई प्रथम स्थानमा ल्याउने लक्ष्य रहेको बताए। साथै, उनले आफ्नो २ वर्षको कार्यकालमा सबै जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी, सञ्चारकर्मी, र सुरक्षाकर्मीहरूप्रति विशेष धन्यवाद व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य दारा सिंह पटेलले राखेका थिए भने शुभकामना मन्तव्य वडा नं ४ का वडा अध्यक्ष गम्भीरा राउत कुर्मी लगायत अन्यले राखेका थिए। कार्यक्रमको सञ्चालन रवीन्द्र कुमार मिश्राले गरेका थिए।

यस कार्यक्रममा ५ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्वास्थ्य निरीक्षक हरिओम साह, जिन्सी शाखा प्रमुख अजय कुशवाहा, लेखा अधिकृत बजरंगी साह, सञ्चारकर्मी, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily