Aadarsh-Daily

असार २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासकाे मत लिने

ad-4p

जनकपुर,१४असार:मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले असार २१ गते विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री सिंहले यही असार २१ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले असार २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ।

content ad p2
content left

तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंह बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए। प्रदेश प्रमुख सुमित्रा भण्डारीले जेठ २५ गते जनमत पार्टीको तर्फबाट सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

प्रदेश प्रमुखको कार्यालयमा बहुमत सिद्ध गर्दा मुख्यमन्त्री सिंहले ५५ जना सांसदहरूको समर्थन रहेको दाबी पेस गरेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily