Aadarsh-Daily

हुण्डीको रकमसहित एक भारतीय पर्साको मसिहानीमा पक्राउ

ad-4p

पर्सामा प्रहरीले हुण्डीको कारोबारी भएको आशंकामा एक भारतीय युवकलाई नगद रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतत बिहारकाो बेतिया जिल्लाकाो इनरुवा बजार घर भएका ३२ बर्षिइ सिताराम प्रसाद कुशवाहा रहेका छन् । कुशवाहालाई नगद ५ लाख ५० हजार रुपैयाँसहित पक्रााउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

content ad p2
content left

उनका अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँँसो पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसियानीमा कुशवाहा सवार म.प्र.०३–०२६ प ५५९२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उक्त मोटरसाइकलको कार्बोरेटरभित्र लुकाई छिपाई राखिएको नेपाली १ हजार दरको नोट ५ सय थान र ५ सय दरको नोट १ सय थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

श्रोत खुल्न नसकेको उक्त रकम हुण्डी कारोबारको रहेकाले कुशवाहालाई नियन्त्रणमा लिएर उनि बिरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily