Aadarsh-Daily

स्वास्थ्य मन्त्री यादवद्वारा स्टार हस्पिटलमा स्थापित रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन

ad-4p

काठमाडौं ।  संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले नेपालमा रक्तदानको अवस्था सुधार्न जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् ।

content ad p2
content left

ललितपुरस्थित स्टार हस्पिटलमा स्थापित रक्त सञ्चार सेवा केन्द्रको शुक्रबाार उद्घाटन गर्दै मन्त्री यादवले रक्तदानको महत्वबारे चर्चा गर्र्दै भने, “रक्तदान जीवनदान हो । एक युनिट रगतले तीन जनासम्मको जीवन बचाउन सकिन्छ । नेपालमा रक्तदानको अवस्था सुधार्न जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । रक्तदानको महत्वबारे नागरिकलाई जानकारी गराउन सकिन्छ भने रक्तदाताहरूको संख्यापनि बढाउन सकिन्छ ।”

नेपालमा रक्तदानको स्थिति अहिले पनि चुनौतीपूर्ण रहेको बताउँदै उनले भने, “देशभरका अस्पतालमा रगतको अभावले गर्दा बिरामीलाई उपचारमा समस्या हुने गर्दछ । रक्तदानका लागि नियमित रक्तदान शिविरहरू आयोजना गर्नु, सामाजिक सञ्जाल र मिडियाको माध्यमबाट जनचेतना फैलाउनु र विद्यालय तथा कलेजहरूमा रक्तदान सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ ।” मन्त्री यादवले निजी अस्पतालमा रक्त सञ्चार केन्द्रको स्थापना गरेर स्टार हस्पिटलले एउटा नमुना काम गरेको बताए।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूलेपनि रक्त सञ्चार केन्द्रको स्थापनाले स्वास्थ्य सेवा क्षेत्रमा ल्याउने सकारात्मक प्रभावहरूबारे चर्चा गर्दै नेपालमा रक्तदाताहरूको संख्या बढाउन सकिने विभिन्न उपायबारे सुझावसमेत दिएका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily