Aadarsh-Daily

पर्सामा ४ जिपिए एक जनाको पनि आएन , एसईईमा ९४ प्रतिशत विद्यार्थी फेल

ad-4p

वीरगन्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षाा (एसईई)मा पर्सा जिल्लामा ९४ प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण (नन् ग्रेडिङ) भएका छन् ।

content ad p2

शिक्षा विकास तथा समन्वय इकाई पर्साले दिएको जानकारी अनुसार, एसईइमा पर्साबाट ९४.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन् । गत चैत १५देखि चैत १६ गतेसम्म सञ्चालित एसर्ईई पर्साबाट कूल ९ हजाार ३३८ जना विद्यार्थी सहभागी भएकोमा ती मध्ये ५.९ प्रतिशतमात्र अर्थाात ५५२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ८ हजार ८८७ जना विद्यार्थी भने अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख मोती प्रसाद भट्टराईले जानकारी दिए ।

content left

उनका अनुसार, एसईईमा पर्साबाट ३.६ देखि ४ भन्दा कम जिपिए ल्याउने ८० जना, ३.२ देखि ३.६ जिपिए ल्याउने ८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने २०६ जना र २.४ देखि २.८ जिपिए ल्याउने १८१ जना मात्र रहेका छन् ।

बाँकी ८ हजार ८८७ जना नन्ग्रेडमा परेको उनले बताए । पर्सा जिल्लामा ४ जिपिए ल्याउने विद्यार्थीको संख्या शुन्य रहेको जानकारीपनि उनले दिए । भट्टराईले भने,‘ पर्सामा ४ जिपिए ल्याउने एक जनापनि विद्यार्थी छैनन्। एक जनामात्र विद्यार्थीको ३.९९ प्रतिशत जिपिए आएको छ ।’

पर्सामा यसपालिकाको एसईईको नतिजा निक्कै निराशाजनक आएको उनले बतााए । भट्टराईले भने,‘ यसपालि पर्साको एसईईको रिजल्ट राम्रो छैन । निक्कै निराशाजनक र कमजोर देखियो । अब यसबारे सरोकारवालाले गम्भीर समीक्षा गर्नुपर्छ ।’

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily