Aadarsh-Daily

मधेश प्रदेशमा संघीय सत्ता गठबन्धनमा परिवर्तनले प्रभाव

ad-4p

वीरगञ्ज । संघीय सत्ता गठबन्धनमा भएको परिवर्तनको प्रभाव तत्काल मधेश प्रदेशमा पर्ने भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले २१ गते विश्वासको मत लिने तयारी गरेका छन्।

content ad p2

एमाले, माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमत पार्टीका सांसद सिंह जेठ २८ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।

content left

मधेश प्रदेशको नीति तथा कार्यक्रम र बजेट प्रदेश सभामा प्रस्तुत भइसकेपनि मुख्यमन्त्री सिंहले बहुमत लिएका छैनन्। संघीय गठबन्धनमा कांग्रेस, एमाले, जसपा नेपाल, लोसपा र राप्रपा सहभागी हुने निश्चित भइसकेको बेला जनमत पार्टीको आधिकारिक धारणा सार्वजनिक भएको छैन।

एमालेसमेतको समर्थनमा ५४ जनाको समर्थन प्राप्त सरकारको विपक्षमा रहेका कांग्रेस, जसपा नेपाल, लोसपा र राप्रपाको पक्षमा ५० जना सभासद छन्।

कांग्रेस संसदीय दलका नेता एवं पूर्व मन्त्री कृष्णा यादवले सरकारलाई विश्वासको मत दिने विषयमा २० गते छलफल हुने बताएका छन्।

एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले मधेश सरकार बारे छलफल नै नभएको बताए। तर जसपा नेपाल, लोसपा र राप्रपाले जनमतलाई समर्थन नगर्ने धारणा सार्वजनिक गरिसकेका छन्। यस अनुसार मधेश प्रदेश सरकारले विश्वासको मत पाउने सम्भावना न्यून रहेको देखिन्छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily