Aadarsh-Daily

नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजैै फिर्ता लिने

ad-4p

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजैै फिर्ता लिने भएको छ ।मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले आजै समर्थन फिर्ता लिने भएको हो ।

content ad p2
content left

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने बताए ।उनले भने,‘संसद्को दुई ठूला दल एमाले र कांग्रेस मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्री प्रचचण्डले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन। तर उहाँ प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौं । हाम्रा मन्त्रीहरु सरकारबाट फर्कनु हुन्छ ।’

आाजै अपरान्ह ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय हुने उनले बताए । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily