Aadarsh-Daily

युक्रेनमा रूसले गर्‍यो मिसाइल आक्रमण, कम्तिमा ४१ जनाको मृत्यु

ad-4p

युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ।

content ad p2

सोमबार दिउँसो राजधानी किभमा रूसी मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जसमध्ये २७ जनाको मृत्यु राजधानीमा भएको हो।

मिसाइलले किभको बाल अस्पतालमा समेत क्षति पुर्‍याएको समाचारमा उल्लेख छ। उक्त आक्रमणपछि अभिभावकहरू आफ्ना बालबच्चा बोकेर अस्पतालबाट निस्किन बाध्य भएका छन्। यो मिसाइल आक्रमणले सात वटा जिल्लामा क्षति पुर्‍याएको छ।

content left

आक्रमणबाट १७० जना भन्दा बढी घाइते भएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा लेख्दै मिसाइल आक्रमणबाट एक सय भन्दा बढी घरहरू भत्किएको बताएका छन्।

‘रूसी आतंकवादीले यसबारे जवाफ दिनुपर्छ। चिन्ताले आतंक रोकिँदैन। समवेदना हतियार होइनन्,’ उनले लेखेका छन्।

यो आक्रमणसँगै युक्रेनले आफ्नो एयर डिफेन्समा सुधार ल्याउनुपर्ने जनाएको छ।

युक्रेनको एयर डिफेन्सले ३८ मध्ये ३० वटा मिसाइल खसाएको एयर फोर्सले बताएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily