Aadarsh-Daily

मधेश प्रदेशमा माओवादीका सांसदहरुले संसदीय दलका नेता साहलाई हटाउने प्रयास सुरु

ad-4p

काठमाडौं : मधेश प्रदेशमा माओवादी केन्द्रका सांसदहरुले संसदीय दलका नेता भरतप्रसाद साहलाई हटाउने प्रयास सुरु भएको छ ।

content ad p2

माओवादी केन्द्रका ९ मध्ये ६ जना प्रदेश सांसदले दलको नेताबाट साहलाई हटाउन संसदीय दलमा प्रस्ताव पेश गरेका छन् ।

संसदीय दलको विधानको दफा २० ९१० अनुसार प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाह, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारीले साहलाई हटाउन माग गर्दै उपनेता युवराज भट्टराई समक्ष प्रस्ताव पेश गरेका हुन् ।

content left

‘‘दलको नेतृत्वको विषयमा हाम्रो विश्वास गुमेको कारणले गर्दा हामी सबै सदस्यहरुको तर्फबाट तल हस्ताक्षरित अविश्वासको प्रस्ताव पेश गर्दछौं’, ६ सांसदले बुझाएको पत्रमा भनिएको छ ।

उनीहरुले १५ दिनभित्र पार्टी संसदीय दलको बैठक बोलाउन पनि माग गरेका छन् । पदमा हुँदा मनपरी गरेको, अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा चलखेल गरेको, उल्टै प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीमा कर्मचारीले ह्याक गरी बजेटमा गडबडी गरेको आरोप लगाएको माओवादी सांसदहरुले दलका नेता साहमाथि आरोप लगाएका छन् ।

संसदीय दलको विधानमा दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ । दलको नेतामाथि अविश्वासको प्रस्ताव उपनेतालाई बुझाउन सक्ने व्यवस्था छ ।

साह वर्तमान मुख्यमन्त्री सतिश सिंहको सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा थिए । कांग्रेस र लोसपालाई सरकारमा ल्याउन गत शनिबार उनीसहित चार दलका ६ मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily