Aadarsh-Daily

१ लाख असुलेर नक्कली लाइसेन्स बिक्री, उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

ad-4p

काठमाडौं जिल्ला अदालतमा उपसचिवसहित १५ जनाविरुद्ध नक्कली लाइसेन्स बनाएको आरोपमा मुद्दा दर्ता भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ७ जनालाई पक्राउ गरेको छ भने बाँकी ८ जनालाई फरार प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

content ad p2
content left

पक्राउ परेकामा बुटवल यातायात कार्यालयका तत्कालीन प्रमुख (हाल वन मन्त्रालयका उपसचिव) केशव अर्याल र अन्य कर्मचारीहरू छन्। फरार प्रतिवादीमा अन्य सरकारी अधिकारीहरू र सहायक कम्प्युटर अपरेटरहरू छन्।

मुद्दामा मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ अनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

सीआईबीका अनुसार, यस समूहले १ लाख रुपैयाँसम्म लिएर नक्कली लाइसेन्स बनाएको थियो। पेपर कार्ड लाइसेन्सलाई स्मार्ट लाइसेन्समा रूपान्तरण गर्दा गलत डेटा इन्ट्री गरेर नक्कली लाइसेन्स जारी गरिएको थियो।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily