Aadarsh-Daily

कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

ad-4p

काठमाण्डौ । आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, मधेस र गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाग्मती प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कोशी र मधेस प्रदेशका एक–दुई ठाउँमा मुसलधारे वर्षाको समेत सम्भावना छ । ती क्षेत्रका थोरै ठाउँमा अहिले पनि मध्यम वर्षा भइरहेको छ ।

content ad p2
content left

आज बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा भएको छ । अहिले पूर्व पश्चिम राजमार्ग नजिकै सुनसरी खोला र झापामा पूर्व पश्चिम राजमार्ग नजिकै विरिङ खोला सतर्कताको तहमा पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरको मौसम साधरणतया बदली रहने अनुमान छ । आज राति पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ठूलो पानी पर्ने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily