Aadarsh-Daily

एञ्जल बसमा सखुवा प्रसौनीका एकै परिवारका तीनजना सहित पाँच जना बेपत्ता

ad-4p

वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोको लेदोले बगाएको एञ्जल बसमा सखुवा प्रसौनीका एकैपरिवारका ३ जना सहित पाँचजना परेका छन् ।

content ad p2

आज बिहान तीन सिमलतालमा गएको लेदो सहितको पहिरोमा वीरगन्जबाट काठमाडौं गईरहेको एञ्जल डिलक्स बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका दुई स्वास्थ्यकर्मी र एकै परिवारका तीनजना परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकरी दिए ।

content left

उनका अनुसार एञ्जल बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ जमुनियाका एकै परिवारका तीनजना परेका छन् । जमुनियाका हृदयनारायण चौधरी थारु, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा रहेका छन् ।

उनीहरु तीन जनाको परिवार उपचारका लागि काठमाडौं गएको जानकारीमा आएको गाउँपालिका अध्यक्ष यादवले बताए । स्वास्थ्यकर्मीहरुमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियो ग्राफर कलैया उपमहानगरपालिकाकी श्रृष्टि यादव र ल्याब असिस्टेण्ट सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कट्या डुबरवानाका रैफुल अन्सारी रहेका छन् ।

घटनाको जानकारी पाएपछि गाउँपालिका अध्यक्ष यादव सहितको टोली घटनास्थलतर्फ हिडेको उनले बताए । सिमलताल पहिरोमा परेका बसमा सवार तीनजना भने हामफालेर बचेका छन् ।

उनीहरुको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारका लागि पठाईएको बाग्मती प्रदेशका सशस्त्र प्रहरी नायव महानिरीक्षक(डीआईजी) गणेश ठाडा मगरले जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily