Aadarsh-Daily

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ पालिका गठन , सभापतिमा चन्दन यादब

ad-4p

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका सभापतिमा चन्दन यादव निर्बिरोध चयन भएका छन ।
आज भएको राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगार भेलाले यादबलाई नगर सभापति चुनेको हो ।

content ad p2
content left

डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित रास्वपाको भेलाले चन्दन यादब को नेतृत्वमा ११ सदस्य कमिटी पनि निर्बिरोध चयन गरेको छ । एघार सदस्यीय कमिटीको उपसभापतिमा ओम प्रकाश कुमार यादब , सचिबमा चन्दन प्रसाद शाह ,कोषाध्यक्षमा रामपती देबि र सदस्यहरुमा नागेन्द्र प्रसाद शाह ,अशोक कुश्वाह ,ललन सहनी ,अरमानन्द प्रसाद शाह ,सरोज देबि सहनी ,अनिल कुमार शाह र धनमती देबि छन ।

भेलामा सभापतिको आशनबाट बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला संयोजक हरि पन्तले नेपालको राजनीतिमा आउन अब युवाहरुलाइ कसैले रोक्न नसक्ने बताए । उनले ३५/४० बर्षका धेरै युवाहरुले सफलता पुर्बक देश हाकिसकेको उधारणहरु बिश्वमा प्रसस्तै भैसकेकोले अब युबाहरुनै नेपालको भबिस्य भएको बताए ।

भेलाका प्रमुख अतिथी केन्द्रिय सदस्य डा नन्दन यादबले अहिले बन्दै गरेको सरकारको गठ्बन्धन अप्रकृतिक गठबन्धन रहेको बताए । उनले उतरी ध्रुब र दक्षिणी ध्रुब मिल्न असम्भव रहेकोले यो बन्ने सरकार पनि लामो दौडको घोडा नभएको बताए ।
रस्वपा जिल्ला संयोजक हरि पन्तको सभापतित्वमा सम्पन्न उक्त भेलामा प्रदेश सदस्य सुदिश प्रजापतीले स्वागत गरेका थिए भने पुर्ब जिल्ला संयोजक दिलिप कुर्मी , प्रदेश सदस्य पुर्शोतम उपाध्याय , शिक्षा उपप्रमुख सोनालाल पटेल , क्षेत्रीय सभापति फैयाज मिया , वाडा सभापति पुर्ण सापकोटा , डा चन्द्र भूषण पाठक लगाएतले आ आफ्नु मन्तव्य राखेकाका थिए । भेला लाई संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily