Aadarsh-Daily

मन्त्री गुप्ताद्वारा पदभार ग्रहण, ईमान्दारीपूर्वक जिम्मेवारी निभाउने प्रतिबद्धता

ad-4p

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पदभार ग्रहण गरेका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीको लागि प्रशासनिक भवन र ग्लोवल पार्क निर्माणको लागि जग्गा सिफारीस गर्ने पहिलो निर्णय गर्दै नव नियुक्त मन्त्री गुप्ताले पदवहाली गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

content ad p2

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ को दफा ४ (१) मा ‘नेपाल सरकारको नाममा रहेको कुनै सरकारी जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा उपयोगको लागि दिन सकिनेछ भन्ने व्यवस्था उल्लेख भएको एवं ऐ. कार्यनीतिको दफा ४(२) मा कुनै सरकारी निकायलाई सरकारी जग्गा आवश्यक भएमा देहायका निकायले सिफारिस सहित कार्यालयमा लेखी पठाउनु पर्ने’ नीतिगत व्यवस्था गरिएको उनको मन्त्रालयले जनाएको छ ।

content left

नेपाल सरकार अन्तर्गतका निकायको हकमा जग्गा माग गर्ने निकायको केन्द्रीय निकाय, प्रदेश सरकारको हकमा सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा कार्यपालिकाको निर्णय सहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पठाउने पनि निर्णय गरिएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीको मिति २०८१/०२/२० को कार्यपालिकाको बैठकबाट जग्गा प्राप्तिको सिफारिसको लागि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पठाउने निर्णय गरेको गरिएको छ ।

साथै लुम्बिनी साँस्कृतिक नगरपालिका, रुपन्देहीको च.नं. ४२२० मिति २०८१/०२/३१ को पत्रबाट आवश्यक कागजात संलग्न गरी जग्गा सिफारिसको लागि अनुरोध भई आएको हो । संलग्न (कार्यपालिकाको निर्णय, जग्गा धनि पुर्जाको प्रतिलिपि र परियोजनाको म्एच्) कागजातको आधारमा मालपोत कार्यालय, रुपन्देहीलाई सिफारिस सहित लेखि पठाउन मन्त्री गुप्ताले निर्णय गरेका हुन् ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily