Aadarsh-Daily

राष्ट्रिय बजरंग दलद्धारा भोली शनिबार नौतनमा हनुमान अराधना तथा महाआरती हुने

ad-4p

बारा । बाराको परवानीपुर गाउँपालीका वडा नं. ५ नौतनमा रहेको श्रीराम जानकि मन्दिरको प्रागंणमा भोली शनिबार मोटरसाइकल -याली, हनुमान अराधना, तथा महाआरती हुने भएको छ ।

content ad p2
content left

राष्ट्रिय बजरंग दल, पर्सा जिल्ला अध्यक्ष विवेक सिन्हा बाबाले श्रीराम जानकि मन्दिरको प्रागंणमा भोली बिहान ६ बजे मोटरसाइकल -याली निकालिने र हनुमान आराधना बिहान ९ बजे देखी सुरु हुने जानकारी दिए । साथै हनुमान अराधना सकिने लगत्तै सांझ साढे ६ बजे देखी महाआरती तथा बेलुकी ८ बजे देखी प्रसाद वितरण कार्यक्रम रहेको अध्यक्ष बाबाले बताए ।

राष्ट्रिय बजरंग दलको आयोजनामा हुन गइरहको सो धार्मिक कार्यक्रममा सम्पुर्ण श्रद्धालुहरुलाई सहभागी भइदिन दलका परवानीपुर गाउँपालीका अध्यक्ष विकास कुमार साहले बताए । साथै उनले मन्दिर प्रागंणमा हुने अन्य धार्मिक कार्यक्रमहरुमा सम्पुर्ण महिला दिदि बहिनी तथा श्रद्धालुहरुलाई सहभागी भइ सफल बनाइदिन आग्रह गरे । राष्ट्रिय बजरंग दलले हिन्दू धर्म, संस्कृतिको संरक्षण गर्नका लागी विभिन्न धार्मीक कार्यक्रम तथा सामाजिक कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily