Aadarsh-Daily

त्रिशुलीमा बस दुर्घटना: फेला नपरेपछि सृष्टि यादवको पनि कुशको शव बनाएर गरियो दाहसंस्कार

ad-4p

बारा । त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टि यादवको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । घटनाको सातौं दिनसम्म स्थिति अज्ञात बनेपछि बाराको कलैया उपमहानगरपालिका– १४ की सृष्टिका अभिभावकले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।

content ad p2
content left

शव फेला नपरेपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको परिवारले जनाएका छन् । सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवन स्थित स्वास्थ्य चौकीमा रेडियोग्राफरको रुपमा कार्यरत रहेकी थिइन् । उनी परीक्षा दिनका लागि काठमाडौंतर्फ जाँदै थिइन् ।

उनी चढेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपती डिलक्स बस असार २८ गते सिमतालको पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily