Aadarsh-Daily

सिमलताल दुर्घटनाका थप २ यात्रुको शव बिहारको बगाहामा भेटियो

ad-4p

वीरगन्ज । चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका थथप २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहिबार राति करिब साढे ९ बजेको समयमा भारत बिहारको पश्चिमी चम्पारणको बगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो । ती दुवै शवको पहिचान भने भइसकेको छैन ।

content ad p2
content left

भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेकोे सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।उनका अनुसार,योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।

गत असार २८ गते शुक्रबार बिहान साढे ३ बजे चितवनको भरतपुर महागरपालिका–२९, सिमलतालमा पहिरो गएको थियो ।लेदोसहितको पहिरोले वीरगन्जबाट काठमाडौं जाँँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । हालसम्म बेपत्ता दुवै बस पनि फेला पर्न सकेको छैन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily