Aadarsh-Daily

पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बन्जरा दम्पती सवार कार दुर्घटना

ad-4p

वीरगञ्ज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जरा सवार सवारी साधन दुर्घटनामा परेको छ ।

content ad p2
content left

बाराको सिमराबाट वीरगञ्जतर्फ आउँदै गरेको महासचिव बन्जरा सवारर प्र.२–०१–०२४ छ १८६५ नम्बरको कारलाई विपरित दिशाबाट जाँदै गरेको मालबाहक ट्रकले ठक्कर दिँदा सवारी दुर्घटनामा परेको हो ।

बाराको जितपुरस्थित यामाहा शोरुम अघि ट्रकले ठक्कर दिँदा बन्जरा र उनकी पत्नी सुभद्रा बन्जरा घाइते भएका छन् । उनीहरु दुवै जनाको अहिले वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।

अवस्था सामान्य भएको उपचारमा संलग्न वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा. अबुल हैस अन्सारीले जानकारी दिए । दुवै जनाको अवस्था सामान्य भएपनि कार भने पूर्ण रुपमा क्षती ग्रस्त भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily