Aadarsh-Daily

करेन्ट लगाएर गैंडा मारेको आरोपमा २ जना पक्राउ

ad-4p

चितवन। चितवन राष्ट्रिय निकुञ्जले गैंडालाई करेन्ट लगाएर मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

content ad p2

भरतपुर महानगरपालिका वडा नं. २६ भगडी भन्ने स्थानमा गएराती करेन्ट लगाएर गैंडा मारेको देखिए पछि २ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको निकुञ्ज स्रोतले जनाएको छ ।
पक्राउ परेकाहरुको नाम भने निकुञ्जले सार्वजनिक गरेको छैन । उनीहरुले बँदेल मार्नका लागि भन्दैं तार विद्युतीय धराप थापेको र सोही धरापमा गैंडा परेको देखिएको निकुञ्ज स्रोतले जनाएको छ ।

content left

घटनास्थल नजिकै घन, तार र किला(काँटी) भेटिएको छ । सुकेको मकैंबारीमा चर्दै आएको अन्दाजी २० बर्षको पोथी गैंडा विद्युतीय धरापमा परेको थियो । गैंडाको मुखबाट रगतसमेत बगेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले गैंडाको पोष्टमार्टम तथा अन्य आवश्यक अनुसन्धान थालिएको बताए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत कालाबञ्जर उपभोक्ता समितिको क्षेत्र नजिकै यो घटना भएको हो ।

मृत पोथी गैंडाको खाग, खुर सुरक्षित छन्। घटनाको अनुसन्धानपछि यसमा गिरोह नै संलग्न छ वा छैन भन्ने थाहा हुने सूचना अधिकारी तिवारीले बताए । दुर्लभ वन्यजन्तु गैंडा मारेमा वा यसको अंगको कारोबार गरेमा पाँच वर्षदेखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

यो आर्थिक वर्ष २०८१/०८२ को पहिलो मृत गैंडा हो। गत आर्थिक वर्षमा चितवन निकुञ्जमा २१ वटा गैंडा मरेका थिए। तीमध्ये २ वटा सिकारीले मारेका थिए। एक गैंडाको मृत्यु कारण खुलेको छैन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily