Aadarsh-Daily

‘ई-सेवा’ एप गुगल प्ले स्टोरबाट गायब

ad-4p

वीरगन्ज । नेपालकै ठूलो एक डिजिटल भुक्तानी प्लाटफर्म ‘ई-सेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट गायब भएको छ । गुगल प्ले स्टोरबाट ‘ई–सेवा’ को एप गायब भएपछि यसका प्रयोगकर्ताले चासो राखेका छन् ।

content ad p2
content left

एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरबाट एप डाउनलोडको सुविधा दिइएको हुन्छ । गुगल प्ले स्टोरबाट ई-सेवा एप गायब भए पनि आईओएस प्लाट फर्ममा भने यथावत छ।

‘ई-सेवा’को एप मंगलबार बिहानदेखि प्ले स्टोरबाट गायब भएको विषयमा कम्पनीले केही जानकारी दिएको छैन । यसबारेमा कम्पनीका अधिकारीले पनि प्रतिक्रिया दिन इन्कार गरेका छन् । नेपालकै ठूलो डिजिटल भुक्तानी सेवा प्रदायकका रुपमा ‘ई-सेवा’ चिनिन्छ ।

डिजिटल भुक्तानी एपबारे यसअघि पनि प्रश्न उठ्ने गरेको थियो । एपको सुरक्षालाई लिएर उपभोक्ताहरूले जिज्ञासा राख्दै आएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily