Aadarsh-Daily

जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण संकलनको तयारी

ad-4p

वीरगञ्ज। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण संकलन गर्न आग्रह गरेको छ। मन्त्रालयले आगामी भदौ १६ गतेभित्र आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

content ad p2
content left

मन्त्रालयको परिपत्र अनुसार, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष, साथै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै कुनै कारणले रिक्त भएमा सो पदमा बाँकी समयका लागि उपनिर्वाचन गराउनुपर्ने अवस्था आएको छ। यस प्रयोजनका लागि निर्वाचन आयोगले सोको विवरण माग गरेको छ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ ९२० बमोजिम आयोगले उपनिर्वाचनको तयारी गरिरहेको छ। आयोगले भदौ ५ गते मन्त्रालयलाई पत्र पठाउँदै उपनिर्वाचन आवश्यक पर्ने स्थानीय तहको विवरण माग गरेको थियो। आयोगको सो पत्रपछि मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र पठाउँदै, रिक्त रहेका पदहरू, विसं २०७९ मा निर्वाचित पदाधिकारीको नाम, रिक्त भएको मिति, र रिक्त हुनाका कारणहरूको विवरण तुरुन्तै उपलब्ध गराउन आग्रह गरेको छ।

उपनिर्वाचनको तयारीमा रहेका निर्वाचन आयोगको यस कदमले स्थानीय तहमा रिक्त रहेका पदहरूलाई पुरा गराउन र जनप्रतिनिधिको अभावलाई सम्बोधन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily