Aadarsh-Daily

सर्लाही प्रहरीले नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ

ad-4p

सर्लाही । सर्लाही प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जना पक्राउ परेका हुन् ।

content ad p2
content left

पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५, बस्ने २६ वर्षीय सौगात थापा मगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६, बस्ने ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका–१२, मधुबनी गाउँ बस्ने ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने ३७ वर्षीय विशाल राई रहेका छन् ।

त्यस्तै, ललितपुरको ललितपुर महानगरपालिका–१, कुपनडोल बस्ने ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाङ्गुनारायण नगरपालिका–५, बस्ने ३७ वर्षीय अमिर खत्री, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी टङ्की बस्ने ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर र भारतकै मेजरगन्ज पन्चायत–८, बस्ने ४० वर्षीय सुवोध कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाल–भारत सीमा दशगजा नजिकै पर्ने मधुबनी गाउँमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गहडीया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीबाट खटिएको प्रहरी टोलीले आठ जनालाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले घटनास्थलबाट एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रङ्गका आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपियाँ, १० थान मोवाइल सेट, एउटा नेपाली स्कारपियो र दुई वटा भारतीय मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका आठै जना व्यक्ति र बरामद भएका समान जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ल्याएर थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेका आठ जनाविरुद्ध अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतले प्रहरीलाई १० दिनको म्याद प्रदान गरेको छ । गोडैता नगरपालिका क्षेत्रबाट यसरी बारम्बार नक्कली नोट बनाउने व्यक्ति पक्राउ परिरहेका छन् । प्रहरी उपरीक्षक सिंहले सो क्षेत्रमा थप शङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily