Aadarsh-Daily

२०८२ वैशाख २६ गते लोसपाले पहिलो महाधिवेशन गर्ने

ad-4p

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २०८२ सालको वैशाख २६ गते पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। दुई दिनसम्म चलेको पदाधिकारी बैठकले उक्त मिति तय गरेको हो। लोसपा अध्यक्ष महन्थ ठाकुरले महाधिवेशनको तयारीबारे जानकारी गराउँदै केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णयसमेत गरेको बताए।

content ad p2

लोसपा अध्यक्ष ठाकुरको नेतृत्वमा तीन वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर लोसपा गठन गरिएको थियो। पार्टीको अन्तरिम विधानअनुसार पाँच वर्षभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने प्रावधान रहेको छ, जसअनुसार आगामी वैशाखमा महाधिवेशनको मिति निर्धारण गरिएको हो।

content left

लोसपाका महासचिव डा. सुरेन्द्र झाले महाधिवेशनअघि पार्टीका सम्पूर्ण तहको अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार, कात्तिक मसान्तसम्म पार्टीको सदस्यता वितरण प्रक्रिया सक्ने र चैत मसान्तभित्र वडादेखि प्रदेशसम्मका सम्पूर्ण समितिहरूको साधारण सभा गरिसक्ने योजना बनाइएको छ।

संविधान संशोधनको लागि कार्यदल गठन

लोसपाले विगतमा उठाइएका मधेसका मुद्दाहरू संकलन गर्दै मधेसी, थारु र अन्य उत्पीडित जनताको अधिकार सुनिश्चित गर्न सरोकारवालासँग सहकार्य गर्ने अपिल गरेको छ। साथै, संविधान संशोधनसम्बन्धी अध्ययनका लागि वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। कार्यदलमा दान बहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहनेछन्।

पार्टीका अन्य घटक, विभाग, भातृ संगठन, र समितिहरूलाई पूर्णता दिने निर्णयसहित, लोसपाले महाधिवेशनको तयारीलाई तीव्र पार्दै गएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily