Aadarsh-Daily

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा चर्को आवाजमा डिजे साउण्ड वा लाउड स्पीकर बजाउन रोक

ad-4p

पर्सा । रामनिवास पटेल । जिल्ला प्रहरी कार्यालय पर्साले कुनैपनि धार्मिक,राजनीतिक,सामाजिक लगायतका उत्सव, कार्यक्रम,भेला, मेला वा पूजापाठमा चर्को आवाजमा डिजे साउण्ड वा लाउड स्पीकर बजाउन रोक लगाएको छ ।

content ad p2
content left

आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्लाभित्र हुने राजनीतिक,धार्मिक–सांस्कृतिक कार्यृक्रम,चाडपर्व,धार्मिक ¥याली, जुलुश,सम्मेलन,बैठक वा प्रचार–प्रसारका कृयाकलापमा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डिजे स्पीकर, लाउड स्पीकरहरु ठूलो स्वरमा बजाउने तथा आशीसबाजी गर्ने कृयाकलापमा रोक लगाइएको जनाएको छ ।

भदौं २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले त्यस्ता कृयाकलापहरु नियन्त्रण गर्ने निर्णय गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले डिजे स्पीकर, लाउड स्पीकरहरु ठूलो स्वरमा बजाउनमा रोक लगाइएको बताएका छन् ।

यदि कसैलेपनि प्रहरीको यो सूचनालाई उल्लंघन गरेर डिजे स्पीकर, लाउड स्पीकरहरु ठूलो स्वरमा बजाएको तथा आतीसबाजी गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने चेतावनीपनि जिल्ला प्रहरी कार्यालय पर्साले दिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily