Aadarsh-Daily

पर्साको बहुदरमाई पदमौल गम्हरियामा१५ केजी गाँजासहित एक जना पक्राउ

ad-4p

पर्सा । रामनिवास पटेल । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ पदमौल गम्हरीयास्थित एक घरमा प्रहरीले छापा मारेर लागू औषध गाँजासहित घरधनीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ पदमौल गम्हरियाका ३८ वर्षिय रफिक महमद रहेका छन् । उनलाई १५ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

content ad p2
content left

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले रफिकको घरमा छापा मारेर खानतलासी गर्र्दा कोठाभित्र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखिएको अवस्थामा १५ केजी गाँजा बरामद भएपछि रफिकलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

गाँजासहित पक्राउ परेका रफिकलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर उनिविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको उनले बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily