Aadarsh-Daily

जनकपुरमा प्रहरी हिरासत कक्षबाटै ९ जना थुनुवा फरार

ad-4p

जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट साेमबार बिहान ९ जना थुनुवा फरार भएका हुन्।

content ad p2
content left

बिहान करिब सवा ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ९ जना फरार भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ। एक हिरासत कक्षमा रहेका १० जना थुनुवामध्ये भेन्टिलेशन फोडेर सबै निस्किएर भागेपनि १ जनालाई प्रहरीले पक्राउ गरेको स्रोतको भनाई छ। हिरासतबाट फरार भएका सबै थुनुवाहरु लागू औषध र चोरी मुद्दाका अभियुक्तहरु थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरु फरार भएका हुन्। थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेका थिए। थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचमा कसरी उनीहरु पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको छ।

थुनुवा कक्ष जस्तो संवेदनशील स्थानमा चौबिसै घण्टा प्रहरी तथा सिसिटिभीको निगरानी रहँदा पनि लापरवाही प्रहरीको लागि चुनौतीको विषय भएको नागरिक समाजका अगुवा महाशंकर ठाकुर बताउँछन्। थुनुवाहरुको कक्ष सम्म रड काट्न प्रयोग हुने ह्याक्सो ब्लेड पुग्नु, घण्टौंसम्म रड काट्न समय लाग्ने भएपनि प्रहरीले सुईको सम्म नपाउनु जस्ता विषय शंकास्पद रहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily