Aadarsh-Daily

पोखरियाकाे विद्यालयमा अत्याधिक गर्मीले ८ जना छात्राहरु कक्षाकाेठामै बेहाेश

ad-4p

पर्सा । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ पाेखरियामा रहेको जिल्ला उचागंल रामदेव कलवार माध्यमिक विद्यालयमा अत्याधिक गर्मीका कारण कक्षा काेठामै ८ जना विद्यार्थीहरु बेहोश भएका छन् ।साेमबार दिउँसो उनिहरु कक्षाकाेठामै बेहाेश भएका हुन्।

content ad p2
content left

बेहोश हुनेमा कक्षा ७ मा अध्यनरत सोनु ठाकुर र लालसा कुमारी यादव , कक्षा ९ मा अध्यनरत नेहा कुमारी, मनिता कुमारी यादव ,अन्तिमा कुमारी राम ,चन्दा कुमारी ठाकुर ,निसमा कुशवाहा र साजदा खातुन रहेका छन् ।बेहोश भएका उनिहरुको पोखरिया अस्पतालमा उपचार गरिएको र उनिहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रसासनले जनकारी दिएको छ ।

यश घटना लगत्तै पाेखरिया नगरपालिकाले एक सुचना जारी गर्दै नगरपालिकामा रहेका विद्यालयहरुमा बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएकाे छ।प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले जारी गरेकाे सुचनामा नगरपालिकामा रहेका सम्पूर्ण विद्यालयहरुमा असाेज ८ देखि असाेज ११ गतेसम्म बिहान ६ बजेदेखि माैसमकाे अनकुलता अनुसार पठनपाठन सञ्चालन गर्न निर्देशन दिइएको छ।

पोखरिया नगरपालीकाका मेयर प्रधुमन प्रसाद चौहानले अत्याधिक बढदो गर्मीको कारणले विद्यार्थीर्थीहरु कक्षाकाेठामै बेहाेश हुन थालेकाले त्यसैलाई मध्यनजर गरि विद्यालयहरुमा असाेज ८ गतेदेखि चार दिनसम्म बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिइएको बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily