Aadarsh-Daily

रबि लामिछानेमाथि राजनितीक प्रतिशोध नराख्न रास्वपा पर्साको सरकारलाई ध्यानाकर्षण

ad-4p

वीरगञ्ज । आफनो पार्टीका सभापति रबि लामिछानेमाथि राजनितीक प्रतिशोध साध्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

content ad p2
content left

रास्वपा पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौमा ज्ञापन पत्र बुझाएको हो ।
मँगलबार रास्वपा पर्साका सँयोजक हरि पन्त नेतृत्वको नेता कार्यकर्ताको टोली जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउन गएका नेताहरुले ८७ अर्ब ठगने असली सहकारी ठगहरुलार्य कारवाही गर,रवि लामिछाने निर्दोष छन,राजनितिक प्रतिोिध साध्न पाईदैन,सहकारी पिडीतको ८७ अर्ब रुपैया फिर्ता गर,सहकारी पिडीतको रकम फिर्ता गर लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेका थिए ।

ज्ञापन पत्रमासंसदिय छानबिन समितिको प्रतिबेदनमा पार्टी सभापति लामिछानेको सहकारी रकम ठगी तथा हिनामिनामा कुनै पनि किसिमको संलग्नता नरहेको , उनले ब्यक्तिगत रूपमा कुनै पनि सहकारीबाट ऋण नलिएको ऋणका लागि निबेदन समेत नदिएको कुरा स्पष्ट रुपमा उल्लेख हुँदा पनि लामिछाने माथी धरकपकड र थुनछेक गरिने परिस्थिति शृजना गर्न लागिएको उल्लेख छ ।
सत्ता र शक्तिको दुरुपयोग गरि ऐन कानुन विपरित गएर राजनीतिक प्रतिशोध साधिए त्यसबाट उत्पन्न असहज परिस्थितीको जिम्मेवार सरकार हुने ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily