Aadarsh-Daily

गोरखाबाट काठमाडौंका लागि छुटेको बस २ दिनदेखि सम्पर्कविहीन

ad-4p

गोरखा । गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहीन भएको छ । शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जाँदै गरेको ना४ख २२७० नम्बरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ ।

content ad p2
content left

‘त्यो दिन राति दश बजे खानीखोला पुगेर सम्पर्क भएको थियो,’ प्रालिका अध्यक्ष नारायण खत्रीले भने, ‘त्यसदेखि यता सम्पर्क हुन सकेको छैन ।’ उनका अनुसार मुग्लिनसम्म पुग्दा बसमा एक जना यात्रु र तीन जना स्टाफ गरी कुल चार जना सवार थिए ।

बस सम्पर्कविहीन भएको भनी खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । हराएको बसको खोजी कार्यमा सहयोग गरिदिन प्रालिले आग्रह समेत गरेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily